12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित पक्राउ




तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित पक्राउ


काठमाडौं, १७ साउन । तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकृत कृष्णकान्त उपाध्याय रहेका छन् । 

उनलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको हो । उनको साथबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरिएको छ ।  

उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैंकमा डिपोजिट गरिसकेको अख्तियार श्रोतले जनाएको छ । अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै आएको थियो । 




यसमा तपाइको मत


Comments