08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतको आन्ध्र प्रदेशमा ह्याण्ड सेनिटाइजर खाँदा १० जनाको मृत्यु




भारतको आन्ध्र प्रदेशमा ह्याण्ड सेनिटाइजर खाँदा १० जनाको मृत्यु


एजेन्सी । भारतको आन्ध्र प्रदेशमा ह्याण्ड सेनिटाइजर खाँदा १० जनाको मृत्यु भएको छ ।  लकडाउनका बेला रक्सी पसल बन्द रहँदा लत लागेका व्यक्तिले रक्सीमा आधारित सेनिटाइजर खाएको र त्यसकै कारण कम्तीमा १० जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसका संक्रमितहरु बढेपछि आन्ध्र प्रदेशको कुरिचेदू गाउँमा लकडाउन लागु गरिएको थियो।
उक्त गाउँमा व्यक्तिले रक्सी नपाउँदा सहज रुपमा पाइने रक्सीमा आधारित सेनिटाइजरलाई पानी र अरु पेय पदार्थमा मिसाएर खाएको स्थानीय प्रहरी प्रमुख शिद्धार्थ कौशलले बताएको बीबीसीले जनाएको छ । 

सेनिटाइजरमा अरु केही विषादी युक्त पदार्थ थियो या थिएन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसका लागि सेनिटाइजरको नमूना परीक्षणका लागि पठाइएको छ।



Related News


यसमा तपाइको मत


Comments