11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फ्रेन्च लिग कप फुटबलको उपाधि पीएसजीलाई




फ्रेन्च लिग कप फुटबलको उपाधि पीएसजीलाई


एजेन्सी ।  पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ । शुक्रबारराति भएको खेलमा लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि जितेको हो ।

लिग कपको फाइनल खेल गोलरहित बराबरीमा सकिएको थियो । सुरुवातको १० वटा पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए ।

पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले थिए । दोस्रो हाफको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड दर्शन गर्दै मैदान बाहिरिएका थिए ।

उनले डिबक्सभित्र पीएसजीका विङ्गर एन्जल डी मारियलाई फल गरेका थिए । गएको शुक्रबार पीएसजीले सेन्ट इटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि पनि जितेको थियो ।


 



Related News


यसमा तपाइको मत


Comments