13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको छःचिनियाँ राष्ट्रपति




 चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको छःचिनियाँ राष्ट्रपति

काठमाडौं, १७ साउन ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताएका छन् । 

नेपाल–चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्नु आफ्नो प्रमुख महत्वको विषय रहेको बताएका हुन् । 
समाचार संस्था सिन्ह्वाले जनाएअनुसार उनले द्विपक्षीय सम्बन्ध विस्तारका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग सहकार्यको चाहना पनि व्यक्त गरेका छन् । 
कूटनीतिक सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति सीले दुई देशका नागरिकको हितका लागि काम गर्न तयार रहेको बताएका छन् । 

स्थापना दिवसको अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले बधाई सन्देश आदानप्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनपिङलाई सन्देश पठाएर नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आउँदा दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । 




यसमा तपाइको मत


Comments