12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा जाँदा ८ जना वेपत्ता, एक जनाको उद्धार 




सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा जाँदा ८ जना वेपत्ता, एक जनाको उद्धार 

काठमाडौं, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरो जाँदा ८ जना वेपत्ता भएका छन् । 

कभर्ड हल निर्माणमा खटिएका कामदारहरु  गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरीले एकजनालाई भने प्रहरीले उद्धार गरेको छ । 

तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरिएको छ । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

बेपत्ता हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एकजना भारतीय नागरिक राजेन्द्र चौधरी रहेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पहिरोमा बेपत्ता हुनेमा सात जना नेपाली र एकजना भारतीय नागरिक छन्।  पहिरोमा पुरिएकाहरुको खोजीका लागि नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

 



Related News


यसमा तपाइको मत


Comments