16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आईपीएल टी–२० सेप्टेम्बर १९ देखि 




आईपीएल टी–२० सेप्टेम्बर १९ देखि 


काठमाडौं, १९ साउन । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ बाट शुरु गरिने भएको छ । 
आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको हो । 

फाइनल खेल नोभेम्बर १० मा हुने छ । बैठकमा काउन्सिलले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने प्रावधान राखेको छ ।

यस्तै कोभिड–१९ को रिप्लेसमेन्ट राख्न पाउने नियम पनि स्वीकृत गरेको छ । लिगमा १० दिन दुई–दुई खेल हुनेछ । बेलुकाको खेल साढे ७ बजे शुरु हुनेछ ।



Related News


यसमा तपाइको मत


Comments