15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सिन्धुपाल्चोक मेलम्ची पहिरोमा वेपत्तामध्ये ६ जनाको शव भेटियो, अन्यको खोजी जारी(अपडेट)




सिन्धुपाल्चोक मेलम्ची पहिरोमा वेपत्तामध्ये ६ जनाको शव भेटियो, अन्यको खोजी जारी(अपडेट)


काठमाडौं, १९ साउन । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी बेपत्तामध्ये ६ जनाको शव भेटिएको छ। अन्य दुई जनाको भने खोजी जारी छ।

शव भेटिएपनि उनीहरूलाई चिन्ने मान्छे नहुँदा शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।  मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए। पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो। शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ।

पहिरोले भारत बेतीयाका ४२ राजेन्द्र चौरसीया, वीरगंजका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिंग, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए। सँगै सुतेकामध्ये ६ जनाको शव भेटिए पनि को(को हो भन्ने पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी जारी रहेको छ । 



Related News


यसमा तपाइको मत


Comments