13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओली–प्रचण्ड वार्ता निष्कर्षविहीन, दुवै पक्षका अडान यथावत




ओली–प्रचण्ड वार्ता निष्कर्षविहीन, दुवै पक्षका अडान यथावत


काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुको छलफल सकिएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीचको बालुवाटारमा भएको छलफल निष्कर्षबिहीन सकिएको छ । छलफलमा नेता सुवास नेम्वाङ पनि सहभागी थिए। 

वार्तामा अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । त्यसपछि ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहोर्याएका थिए । 

नेताहरुबीच जनैपूर्णिमाको शुभकामना आदानप्रदानपछि मंगलबार पुनः बैठक गर्ने सहमति भएको छ ।  बालुवाटार बैठकअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु खनाल र माधवकुमार नेपालबीच खुमलटारमा करिब डेढघण्टा छलफल भएको थियो। 

गत साउन १३ गते बोलाइएको नेकपा स्थायी कमिटी बैठक निकै तिक्त बनेको थियो। त्यसयता दुई अध्यक्षबीच छलफल हुन सकेको थिएन। ओलीले एकलौटी बैठक स्थगित गरिदिएपछि प्रचण्ड र नेपाल पक्षका नेताहरुको बेग्लै बैठक बसेको थियो। बहुमत सदस्यको सोही बैठकले ओलीसँग छलफल गरेर छिटो बैठक राख्ने पहलकदमी गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो।

विवादकै कारण गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ।

फाइल तस्बिर




यसमा तपाइको मत


Comments