16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मेलम्ची पहिरोमा बेपत्ता ८ जनाकै शव फेला, घाइतेलाई काठमाडौं ल्याइयो(अपडेट)




मेलम्ची पहिरोमा बेपत्ता ८ जनाकै शव फेला, घाइतेलाई काठमाडौं ल्याइयो(अपडेट)

काठमाडौं, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी बेपत्ता ८ जनाकै शव भेटिएको छ। आइतबार बिहान साढे तीनबजेतिर गएको पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको हो ।

प्रदेश सरकारले बनाउँदै गरेको कभर्डहल निर्माणमा संलग्न कामदार बसेको घर पहिरोले पुरिँएको हो । पहिरोले पुर्दा ९ जना बेपत्तामध्ये भारत बेतीया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो। शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचारपश्चात थप उपचारका लागि एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।


मृत्यु हुनेमा वीरगञ्जका ३५ वर्षे प्रदीप चौरसिया, २१ वर्षका राजेश चौधरी, २५ वर्षका विक्रम थिंग, २३ वर्षका मानबहादुर रुम्बा, २० वर्षका सिमन घ्लान, २१ वर्षका शिव बालक धामी र १७ वर्षका सोनम लामा रहेका छन् ।

यस्तै भारतीय नागरिक ४२ वर्षका राजेन्द्र चौरसियाको पनि निधन भएको छ । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका थिए ।


 



Related News


यसमा तपाइको मत


Comments