16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फेरि जोर बिजोर ?




फेरि जोर बिजोर ?

काठमाडौं, २० साउन ।  सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ ।

त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सहित स्वास्थ्यका विज्ञसँग मंगलबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दै छन् ।

 

सिएमसीका एक सदस्यका अनुसार सिसिएमसी बैठकमा संक्रमण बढ्दै गएपछिको वर्तमान अवस्थामा अति आवश्यक क्षेत्र बाहेकलाई बन्द गरेर निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागू गर्ने विषयमा छलफल भइरहेको छ ।

 

‘संक्रमणको अवस्था बढ्दो क्रममा छ, समितिको बैठकमा अब अति आवश्यक बाहेकका क्षेत्रलाई बन्द गरेर निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोर बिजोर लागू गराउनुपर्छ भन्ने सन्दर्भमा छलफल भएको छ । प्रधानमन्त्रीज्यूलाई मंगलबार बिफ्रिङ हुनेछ,’ सिसिएमसीका ती सदस्यले राजधानीसँग भने ।

सरकारले यसअघि निजी सवारीमा मात्रै जोर बिजोर लागु गरेको थियो । सिसिएमसी स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले समेत सिसिएमसीमा जोर बिजोरको प्रस्ताव गरेको छ ।

सरकारले पछिल्लो पटक संक्रमणको गतिको अवस्था हेरेर आवश्यक निर्णय गर्ने अधिकार जिल्लामा रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई समेत अधिकार दिएको छ । सोहीअनुसार कतिपय जिल्लामा निषेधाज्ञासमेत लागु गरिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

 

 



Related News


यसमा तपाइको मत


Comments