14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

महामारी सबैको चुनौती हो, यसलाई विरोधको अवसर ठान्नु हुन्नः प्रधानमन्त्री 




महामारी सबैको चुनौती हो, यसलाई विरोधको अवसर ठान्नु हुन्नः प्रधानमन्त्री 


काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीलाई सबैको चुनौती भएको भन्दै कसैले पनि यसलाई विरोधको अवसर ठान्न नहुने बताएका छन् । 

सरकारी निवास बालुवाटारमा राजनीतिक दलका नेता र जनस्वास्थ्यविद्‌सँग मंगलबार भएको परामर्श बैठकमा उनले भने, ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध। कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध। महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न। यसलाई विरोधको अवसरका रूपमा लिनु हुन्न ।’ 

छलफलमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्ने सुझाव दिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए। 


 




यसमा तपाइको मत


Comments