08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

थप २ सय ५९ जनामा कोरोना संक्रमण,  ६५ जना डिस्चार्ज




थप २ सय ५९ जनामा कोरोना संक्रमण,  ६५ जना डिस्चार्ज


काठमाडौं, २० साउन । नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । 

देशैभर कोरोना सक्रिय संक्रमितको संख्या पाँच हजार ९२५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना निको भएर घर फर्किएका छन् । कुल कोरोना निको हुनेको संख्या १५ हजार २६ जना पुगेका उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा सात हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको छ । कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ ।




यसमा तपाइको मत


Comments