13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

स्ट्रेलिया र वेस्ट इण्डिजबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिज स्थगन 




स्ट्रेलिया र वेस्ट इण्डिजबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिज स्थगन 

एजेन्सी । अस्ट्रेलिया र वेस्ट इण्डिजबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिज स्थगन भएको छ । अस्ट्रेलियाको क्रिकेट बोर्डले मङ्गलबार वेस्ट इण्डिजसँगकोसिरिज स्थगित गरिएको जनाएको हो ।

अस्ट्रेलिया र वेस्ट इण्डिजबीच आउँदो अक्टोबरको सुरुवातमा टी–२० सिरिज खेल्ने तय भएको थियो । अस्ट्रेलियामा तय भएको आईसीसी टी–२० विश्वकपअघि दुई टोलीबीच सिरिज खेल्ने तय भएको थियो तर विश्वकप एक वर्ष सरेपछि सिरिज स्थगित गरिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

सिरिज स्थगित भएपछि दुवै टोलीका खेलाडीलाई इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बाटो खुलेको छ । यूएईमा आयोजना हुने आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म हुँदैछ ।
 



Related News


यसमा तपाइको मत


Comments