16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओली र ‘प्रचण्ड’ बीच मंगलबार पनि छलफल




ओली र ‘प्रचण्ड’ बीच मंगलबार पनि छलफल


काठमाडौं, २० साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार पनि छलफल भएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा उनीहरुबीच छलफल भए पनि ठोस निर्णय भने केही नभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए  उनका अनुसार  बुधबार फेरि छलफल हुने छ ।

मङ्गलबारको छलफलमा पनि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए । 
पार्टी भित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीच पटक–पटक छलफल भए पनि अहिलेसम्म समाधान निस्किएको छैन । यसअघि  बालुवाटारमा भएको छलफल निष्कर्षबिहीन सकिएको थियो । 

गत साउन १३ गते बोलाइएको नेकपा स्थायी कमिटी बैठक निकै तिक्त बनेको थियो। त्यसयता दुई अध्यक्षबीच छलफल हुन सकेको थिएन। ओलीले एकलौटी बैठक स्थगित गरिदिएपछि प्रचण्ड र नेपाल पक्षका नेताहरुको बेग्लै बैठक बसेको थियो। बहुमत सदस्यको सोही बैठकले ओलीसँग छलफल गरेर छिटो बैठक राख्ने पहलकदमी गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो।

विवादकै कारण गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ।




यसमा तपाइको मत


Comments