07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फुलह्यामद्वारा ब्रेन्टफोर्ड पराजित




फुलह्यामद्वारा ब्रेन्टफोर्ड पराजित


एजेन्सी । प्रिमियर लिगमा फुलह्यामले ब्रेन्टफोर्डलाई पराजित गरेको छ । मंगलबार राति भएको दोस्रो डिभिजनको फाइनल खेलमा ब्रेन्टफोर्डलाई अतिरीक्त समयमा २–१ ले हराउँदै फुलह्यामले शिर्ष डिभिजनमा उक्लिएको हो । 

वेम्ले रंगशालामा भएको खेलमा निर्धारीत ९० मिनेटमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । योबीचमा दुबै टिमले निकै आक्रामक फुटबल खेलेका थिए । तर खेल अतिरीक्त समयमा पुगेपछि एक सय पाँचौ मिनेटमा फुलहामले गोल गर्न सफल भयो । उसका बार्यनले डेविड रायाको फ्रिकिकमा आएको बललाई गोलमा परिणत गरे ।

खेलको एक सय १७ औं मिनेटमा फेरि फुलहामले दोस्रो गोल गर्यो । यसपटक पनि एलक्सान्दर मित्रोभिकको पासमा नै ब्रायनले गोल गर्न सफल भए । खेल सकिन तीन मिनेट बाँकी हुँदा दुई गोलले पछि परेको ब्रेन्टफोर्डले त्यहि पनि हार भने मानेको थिए ।
जसका कारण उसले इन्जुरी समयमा एक गोल फर्काएको थियो । उसका हेनरीक डाल्सगार्डले डिबक्समा पाएको बललाई गोलमा परिणत गरे । जसका कारण अन्तर कम भएपनि टिमले हार भने टार्न सकेन ।

खेल सकिएपछि फुलहामका प्रशिक्षक स्कट पार्केरले निकै खुसीयाली मनाएका थिए । 



Related News


यसमा तपाइको मत


Comments