16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८५ लाख नाघ्यो




विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८५ लाख नाघ्यो

काठमाडौं, २१ साउन। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८५ लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या १ करोड ८५ लाख ४४ हजार ८२० पुगेको हो । कोरोना भाइरसबाट ज्यान गुमाउने संख्या ७ लाख ७ हजार ४१ पुगेको छ । विश्वभर १ करोड ११ लाख ४३ हजार ७ सय ७१ जना उपचारपछि निको भएका छन् ।

अमेरिकामा कुल संक्रमितको ४७ लाख ७१ हजार ५ सय १९ जना पुगेको छ भने १ लाख ५६ हजार ८३० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १५ लाख २८ हजार ९७९ जना उपचारपछि निको भएका छन् ।

ब्राजिलमा २८ लाख, ०१ हजार ९२१ जना संक्रमित भएका छन् । त्यसमध्ये ९९ हजार ८  सय १९ को मृत्यु भएको छ । २१ लाख ५७ हजार ४८४ जना उपचारपछि निको भएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ८ हजार २ सय ५४ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ हजार ७ सय ९५ पुगेको छ । १२ लाख ८२ हजार २१५ जना उपचारपछि निको भएका छन् ।

रुसमा ८ लाख ५९ हजार ७६२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १४ हजार ३ सय २७ जनाको मृत्यु भएको छ । ६ लाख ६० हजार २३५ जना उपचारपछि निको भएका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments