16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओली–प्रचण्डबीचको भेटवार्ता स्थगित




ओली–प्रचण्डबीचको भेटवार्ता स्थगित


काठमाडौं, २१ साउन । नेकपाका अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।
बुधबार साँझ ५ बजेका लागि निर्धारित भेटवार्ता स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 

थापाका अनुसार ओली र प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता हुनेछ ।  यसअघि ओली र प्रचण्डबीच मंगलबार पनि छलफल भएको थियो । 

पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा उनीहरुबीच छलफल भए पनि ठोस निर्णय भने हुन सकेन् । 

मङ्गलबारको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।  पार्टी भित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीच पटक–पटक छलफल भए पनि अहिलेसम्म समाधान निस्किएको छैन । 




यसमा तपाइको मत


Comments