14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना संक्रमणबाट काठमाडौंमा थप एकजनाको मृत्यु




कोरोना संक्रमणबाट काठमाडौंमा थप एकजनाको मृत्यु


काठमाडौं, २१ साउन। कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत ६५ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्थायी घर सर्लाही भएकी ६५ वर्षकी महिलाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । 

ती वृद्धा ज्वरो तथा निमोनियाँको लक्षण देखिएर साउन १६ गते स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएकी थिइन् ।

साउन १९ गते कोरोना पुष्टि भएपछि सोही दिन उनलाई बलम्बु रिफर गरिएको थियो । ती महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो । योसँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।
 




यसमा तपाइको मत


Comments