16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एनसेल आजीयाटाले शुरु गर्‍यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायर फ्रीप्लस सेवा




 एनसेल आजीयाटाले शुरु गर्‍यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायर फ्रीप्लस सेवा

काठमाडौं, २२ साउन । एनसेलका उपभोक्ताले अब आकर्षक बन्डल सेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटीसहितको बन्डल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजीयाटा लिमिटेड पहिले (एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायर फ्री प्लस वाइफाइ सेवा शुुरु गरेको छ । कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’अन्तर्गत मंगलबार देखि शुरु गरेको हो ।

वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधिअन्तर्गत उपभोत्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्छन् ।

प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबीडेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक,प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्रीप्लस वाइफाइ सेवाको प्रमुख विषेशता रहेको छन् । गत महिना देखि कम्पनीले यो सेवालिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ्लिन शुरु गरेको थियो ।

वायरफ्री प्लस वाइफाइ सेवा शुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, 'वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन् । प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहीत भएका छौं ।

यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।'

वार्षिक प्लानमा मासिक रु.६९० को शुल्क रहेको यो सेवाअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमाकुनै पनि समुहअन्तर्गतको प्लानलिन सक्छन् । गोल्ड समुहअन्तर्गत ग्राहकले वार्षिक प्लानमामासिकमात्र रु ६९० ९कर बाहेक० शुल्कमा ६० जीबीवायरफ्रीप्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजीसिम कार्डमा प्रत्येकमामासिक ५ जीबी डेटा प्राप्तगर्दछन् ।
त्यस्तै प्लाटिनम समुहअन्तर्गत ग्राहकले मासिक मात्र रु.८६० ९कर बाहेक० शुल्कमा ८५ जीबी वायर फ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् । डायमण्ड समुहअन्तर्गत ग्राहकले मासिक मात्र रु.९५० (कर बाहेक) शुल्कमा १०० जीबीवायर फ्रीप्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजीसिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।

वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् ।
ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् ।

प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्रतिर्नपर्ने ग्राहक शुल्क रु.५००, रु २,५०० वा रु.३,५०० तिर्नु पर्दछ ।
४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेज अनुसार यीप्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न शुरु गरेको छ ।

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागिअझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेकपल जहाँभएपनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको
कम्पनीले जनाएको छ ।

यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजी याटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् । साथै कम्पनीको वायरफ्रीप्लस वाइफाइ पेज https://www.ncell.axiata.com/wirefreeplus मा गई विस्तृत जानकारी लिनुका साथै बुकिङ गर्न सकिन्छ ।



Related News


यसमा तपाइको मत


Comments