16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८८ लाख नाघ्यो, ७ लाख बढीको मृत्यु




विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८८ लाख नाघ्यो, ७ लाख बढीको मृत्यु


काठमाडौं, २२ साउन । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८८ लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या १ करोड ८८ लाख १४ हजार ७८८ पुगेको छ । 

यस्तै विश्वभर ज्यान गुमाउने संख्या ७ लाख ७ हजार ७ सय ६१ पुगेको छ भने १ करोड १३ लाख ६३ हजार २८ जना संक्रमणमुक्त भएका छन् ।
अमेरिकामा कुल संक्रमितको ४८ लाख २३ हजार ८ सय ९१ जना पुगेको छ । १ लाख ५८ हजार २५६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १५ लाख ७७ हजार ८५१ जना उपचारपछि निको भएका छन् ।  

ब्राजिलमा २८ लाख ५९ हजार ७३ जना संक्रमित भएका छन् । त्यसमध्ये ९७ हजार २ सय ५६ को मृत्यु भएको छ । २१ लाख ९० हजार ३६१ जना उपचारपछि निको भएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६४ हजार ५  सय ३६ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० हजार ६ सय ९९ पुगेको छ । १३ लाख २८ हजार ३३६ जना उपचारपछि निको भएका छन् । 

रुसमा ८ लाख ६४ हजार ९४८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १४ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । ६ लाख ७५ हजार ६९ जना उपचारपछि निको भएका छन् ।


 



Related News


यसमा तपाइको मत


Comments