16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतमा कोभिड अस्पतालमा आगलागी, आठ सङ्क्रमितको मृत्यु




भारतमा कोभिड अस्पतालमा आगलागी, आठ सङ्क्रमितको मृत्यु


एजेन्सी । भारतको गुजरात राज्यमा रहेको कोभिड अस्पतालमा आगलागी भएको छ । आगलागीमा आठ जनाको मृत्यु भएको छ ।
अहमदाबादको नवरङ्गपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला भएको बीबीसी हिन्दीले जनाएको छ ।  अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको हो ।

बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको र एक घण्टामा आगो नियन्त्रण लिइएको थियो । उक्त अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको छ ।

आगो नियन्त्रण र उद्धारमा संलग्न सबै कर्मचारीलाई क्वारन्टीनमा राखिएको छ। राज्य सरकारले घटनाबारे तीन दिनभित्र अनुसन्धान गरिसक्न निर्देशन दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गरेका छन्। 


 



Related News


यसमा तपाइको मत


Comments