06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बेइरुत विस्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो(अपडेट)




बेइरुत विस्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो(अपडेट)


एजेन्सी । लेबनानको राजधानी बेइरुतमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ भने चार हजार बढी घाइते भएका छन् ।
विस्फोटनको अनुसन्धान शुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको पनि लेबनान सरकारले जनाएको छ ।

राष्ट्रपति मीसेल आउनले असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन्। भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर‘त्यस्तो नभएको’ बताएको बीबीसीले जनाएको छ । 

बुधवार मन्त्रिपरिषद्को आपतकालिन बैठकमा राष्ट्रपति आउनले बेइरुतमा अघिल्लो रातको आतङ्क शब्दमा बयान गर्न नसकिने बताएका छन्।

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन्।



Related News


यसमा तपाइको मत


Comments