12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

शुक्रबार पनि बढ्यो सुनको भाउ, प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ




शुक्रबार पनि बढ्यो सुनको भाउ, प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ


काठमाडौं, २३ साउन । लगातार  बढि रहेको सुनको भाउ शुक्रबार पनि तोलामा एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि बिहीबार तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको महासङ्घले जनाएको छ । 

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।

यस्तो छ एक हप्तामा सुनको बढेको मूल्य 

  • साउन १६ मा ९९ हजार ३ सय 
  • साउन १८ मा ९९ हजार ६ सय 
  • साउन १९ मा ९९ हजार ६ सय 
  • साउन २० मा ९९ हजार ८ सय 
  • साउन २१ मा  १ लाख १ हजार ४ सय 
  • साउन २२ मा १ लाख २ हजार ५ सय 
  • साउन २३ गते १ लाख ३ हजार ५ सय

 




यसमा तपाइको मत


Comments