13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९१ लाख नाघ्यो, १ करोड १५ लाख बढी संक्रमणमुक्त




विश्वभर कोरोना  संक्रमितको संख्या १ करोड ९१ लाख नाघ्यो, १ करोड १५ लाख बढी संक्रमणमुक्त


काठमाडौं,२३ साउन । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ९१ लाख नाघेको छ । 

अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या १ करोड ९१ लाख १ हजार २२२ पुगेको छ । 
यस्तै कोरोन संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख १५ हजार १३ पुगेको छ । यस्तै विश्वभर १ करोड १५ लाख ७१ हजार ५३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

अमेरिकामा कुल संक्रमितको ४८ लाख ८३ हजार ६ सय ५७ जना पुगेको छ । १ लाख ६० हजार १०४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने संक्रमितमध्ये १५ लाख ९८ हजार ६२४ जना उपचारपछि निको भएका छन् ।

ब्राजिलमा २९ लाख १२ हजार २१२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९८ हजार ४ सय ९३ को मृत्यु भएको छ । २२ लाख ५० हजार १९२ जना उपचारपछि निको भएका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या २० लाख २७ हजार ७४ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ हजार ५ सय ८५ पुगेको छ । १३ लाख ७८ हजार १०५ जना उपचारपछि निको भएका छन् ।

रुसमा ८ लाख ७० हजार १८७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १४ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ । ६ लाख ७५ हजार ६९ जना उपचारपछि निको भएका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments