13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो




कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो


काठमाडौं, २३ साउन । नेपालमा शुक्रबार थप ५ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे । 
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

पर्साका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको छ । यसैगरी पर्साकै ८९ वर्षीय पुरुष, पर्सा–११ का ५७ वर्षीय पुरुषको गण्डक अस्पतालमा निधन भएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी शुक्रबार नै सिरहा गोलबजारका २५ वर्षीय पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकात्मक तस्बिर




यसमा तपाइको मत


Comments