13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ




प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ


काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्री ओलीले दिनहुँ भेटघाट गर्नुपर्ने अरु पाँच जनाको पनि रिपोर्ट आएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार आज बिहान परीक्षणका लागि स्वाब लिइएको थियो । उनका अनुसार बालुवाटारबाट बिहान प्रधानमन्त्रीसहित पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो ।  सबैको रिपोर्ट नेगेटिभ आएको छ । 


प्रधानमन्त्री ओलीको सहभागिता रहेको एक कार्यक्रममा सामेल प्रदेश–२ का आन्तरिक मामला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको थियो। मन्त्री यादवलाई संक्रमण भएपछि प्रधानमन्त्री सहित उक्त कार्यक्रममा सामेल प्रदेश मन्त्रीहरुले समेत कोरोना परीक्षण गराएका हुन्।




यसमा तपाइको मत


Comments