12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रुपन्देहीमा कार दुर्घटनामा तीन जनाको मृत्यु 




रुपन्देहीमा कार दुर्घटनामा तीन जनाको मृत्यु 


बुटवल, २४ साउन । भैरहवा परासी सडकखण्डमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । परासीबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ६७५६ नं.को कार शुक्रबार राति अनियन्त्रित भई 

रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा दुर्घटना भएको हो । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार कार सडकबाट १० मिटर तल खसेको छ।

उक्त कारमा सवार ४ जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

मृत्यु हुने ३ जना मध्ये १ जनाको मात्र पहिचान खुलेको छ। मृत्यु हुनेमा कारका चालक रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी रहेका छन् । 

घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय अनिल यादव रहेका छन् । 
 



Related News


यसमा तपाइको मत


Comments