08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वरिष्ठ लोकगायक प्रेमराजा महतका दम्पतीलाई कोरोना संक्रमण




 वरिष्ठ लोकगायक प्रेमराजा महतका दम्पतीलाई कोरोना संक्रमण


काठमाडौ, २४ साउन । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।  अमेरिकामा बस्दै आएका महतले  महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु दुवैजना संक्रमित भएको जानकारी दिएका छन् । उनी अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत हुन् । 


ध्यान राख्दा राख्दै दुर्भाग्यवस आफूहरु कोरोना संक्रमित हुनबाट बच्न नसकेको बताउँदै उनले समयमै सतर्कता नअपनाए विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो नराख्ने उल्लेख गरेका छन् । 

संक्रमण पुष्टि भएपछि आफ्नै घरको कोठामा आइसोलेशनमा बसेको र छोरा डा.सरगम महतको निरीक्षण र निगरानीमा रहेको जानकारी महतले गराएका छन् ।




यसमा तपाइको मत


Comments