16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कम्प्युटर किन्दा उपभोक्ता ठगीमा परेको गुनासो बढ्यो : अध्यक्ष बानियाँ




कम्प्युटर किन्दा उपभोक्ता ठगीमा परेको गुनासो बढ्यो : अध्यक्ष बानियाँ

काठमाडौं, २५ साउन । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले अचेल कम्प्युटर किन्दा उपभोक्ता ठगीमा परेको र सो उपर कुनै सुनुवाइ नभएको उपभोक्ताको ब्यापक गुनासो बढेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत याे गुनासो हालसम्म कुनै निकाय तथा अधिकारीबाट सुनुवाइ नभएको बताएका छन् । कोभिड १९ को माहामारीसँगै घरबाट काम र विद्यालयले विद्यार्थीका लागि अनलाईन कक्षा संचालन गरेसँगै कप्युटरको उपभोक्ता माग र आपूर्तिमा असन्तुलन भएको उनकाे बुझाई छ ।  ।

यही बजार अभाव देखाइ आपूर्तिकर्ता र बिक्रेताले कृत्रिम अभाव तथा कृत्रिम मुल्यवृद्धि गरेको प्रारम्भिक अध्ययनबाट देखिएको पनि उनले बताएका छन् । उनले भनेका छन्,‘यसबाट उपभोक्ताले प्रति कम्प्युटरमा वास्तविक मुल्य भन्दा १० हजारदेखि ३० हजारसम्म बढी मुल्यमा किन्न बाध्य हुनु परेको पाइएको छ । बिक्रेताको पसलमा उपभोक्ता कम्प्युटर किन्न जाँदा बिक्रेताले सामान छैन भन्ने, फोन नम्बर टिपाएर छोड्नुस आएपछि वा अरु पसलमा भए खोजेर खबर गर्ने भन्ने र पछि उपभोक्तालाई फोन गरेर सामान त पाइयो चाहिने भए आउनुस् तर मुल्य बढी पर्ने भयो भनी सबै बिक्रताले आपसमा मिलेमतो गरि बिक्री कारोबार गरेको पाइएको छ ।नेपालमा बिक्रि हुने कम्प्युटरको अन्तर्राष्ट्रिय ब्रान्ड र त्यसको नेपाली आयातकर्ता सिमित छन्। डेलब्रान्डका ७ ,एसर ब्रान्डका ४, एचपि ब्रान्डका ४, लेनेबो ब्रान्डका ६, म्याक ब्रान्डका ६ आयातकर्ता रहेको बताइन्छ । यिनको आपसी मिलेमतो र बजार सं‌कुचनबाट अनुचित ब्यापारिक क्रियाकलाप र उपभोक्ता उपर लूट भइरहेको अध्ययनबाट देखिएको छ । यि आयतकर्ताले बिक्रि तह पनि सोल वितरण सुपर डिलर,मास्टर डिलर, डिलर गरि बजारको धेरै तह बनाइ कमिसन र मुनाफा बढी कायम गरि मुल्य निर्धारण गरिरहेको पाइएको छ ।' 

उनले नेपालमा आयात हुने कम्प्युटरहरु केहि Fair Treading बाट आउने भएपनि अधिकांश विदेशबाट एक/दुई वर्ष चलि पुनः बिक्रि गरिएका तथा भएका (जसलाई रेफर पिस भनिन्छ) र भन्सार मुल्य घटी गरि न्युन बिजकिकरण गरि आयात गरिएको कम्प्युटरहरु आयात गरि ल्याएको पाइएको र यही ब्यापारीक पद्धति नै कम्प्युटरको मुल्य र गुणस्तरमा उपभोक्ता ठगीको मुल कारण भएको पनि उनले बताएका छन् ।  

उनले भनेका छन्, ‘नेपालमा आयात गर्ने प्रत्येक कम्प्युटरको भन्सारमा नै उपभोक्ता बिक्रि मुल्य घोषणा गरि ल्याउनुपर्ने र सो मुल्य भन्दा बढी मुल्य उपभोक्तासग मुल्य लिन नपाइने कानुनी ब्यबस्था छ । सो मुल्य भन्दा बढीमा बिक्री गरेमा कालोबजार ऐन, उपभोक्ता संरक्षण ऎन र मुलुकी फौजदारी सहिता दफा ११० ले कसुर र सजाय हुने ब्यबस्था छ ।'

तर कानुन भएपनि कानुन कार्यनयन भएको छैन र आयातकर्ता तथा बिक्रेताले पनि कानुन थाहा नै नपाए झै गरिरहेको छन् । बढी बजार तह कायम गरि, आपसी मिलेमतोमा मुल्य कायम गरि कारोबार गर्ने मर्कन्टाइल, म्युटेरिक, जेनेक्स, म्याक्स आदि नेपाली आयातकर्ता कम्पनीहरुको राजनैतिक तथा प्रशासनिक पहुँच भएका आयातकर्ता र तिनलाई संरक्षण गर्ने तथा कानुन कार्यान्वयनमा अवरोध गर्ने can.org.np जस्ता सामाजिक सस्थाको नाममा खुलेका कर्पोरेट हाउसहरुको सक्रियताको कारणले यो क्षेत्रमा स्वच्छ बजार विरुद्धको काम र उपभोक्ता उपर ठगीले निरन्तरता पाइरहेको पनि उनले बताएका छन् ।  

यो आम उपभोक्ता उपरको मर्का र ठगीको सुनुवाइ,अनुगमन, छानबिन अनुसन्धान र कानुन कार्यान्वयन गर्न सबैमा अनुरोध छ । उपभोक्ता संरक्षण ऎन कार्यान्वयन गर्ने doc.gov.np ले तत्काल अनुगमन र कारबाही गर्न उनले अनुरोध गरेका छन् ।उपभोक्ता संरक्षण ऎन कार्यान्वयनको लागि काम गर्ने मुख्य अधिकारी निरीक्षण अधिकृत प्रतेक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको हुँदा प्रत्येक जिल्लाका कम्प्युटर बिक्रेता बा पसलबाट बिक्रि हुने कम्प्युटरको भन्सारमा घोषणा भएको उपभोक्ता बिक्रि मुल्य र कति तहबाट यो पसलमा आएको प्रतेक तह्को बिल बिजक हेरि बिक्रेताले कति मुल्यमा बिक्रि गरिरहेको छ । अनुगमन गर्न पनि अध्यक्ष बानियाँले आग्रह गरेका छन् । 

बिक्रेताले भन्सार बिजक तथा Sole Distributor ले बिक्रेतालाई दिएको बिजक नदेखाएसम्म उपभोक्ता संरक्षण ऎन बमोजिम निरीक्षण अधिकृतले बस्तु कब्जामा लिन तथा बिक्रि कारोबार बन्द/सिल गर्न सक्ने हुँदा सो कारबाही गर्न पनि उनले अनुरोध गरेका छन् ।  यो Under the Carpet issues लाई सार्बजनिक गर्न र उपभोक्ता उपर ठगी विरुद्ध साथ दिन र कारबाही गर्न सबैमा उनले अनुरोध गरेका छन् । साथै यो उपभोक्ता ठगी विरुद्ध निरन्तर लागी पर्न तथा कानुनी कारबाही सहजीकरण गर्न उपभाेक्ता हित संरक्षण मञ्च का गाउँ/ नगर कमिटी, जिल्ला/प्रदेश कमिटीहरुलाई अध्यक्ष बानियाँले आग्रह गरेका छन् । 



Related News


यसमा तपाइको मत


Comments