16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फोक्सोको क्यान्सर देखिएपछि बलिउड अभिनेता सन्जय दत्त अमेरिका प्रस्थान




फोक्सोको क्यान्सर देखिएपछि बलिउड अभिनेता सन्जय दत्त अमेरिका प्रस्थान


एजेन्सी । बलिउड अभिनेता सन्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। क्यान्सर तेस्रो चरणमा पुगिसकेको र उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । श्वास फेर्न कठिन भएपछि ६१ वर्षीय दत्त गएको शनिबार मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका थिए। उनको कोरोना परीक्षण गरिए पनि रिपोर्ट नेगेटिभ आएको थियो।

उनलाई फोक्समो क्यान्सर भएको पत्ता लागेपछि लीलावती अस्पतालबाट सोमबार डिस्चार्ज भएका हुन्। स्रोतलाई उधृत गर्दै दैनिक भाष्करको अनलाइन संस्करणले मंगलबार नै उनी अमेरिका प्रस्थान गरिसकेको जनाएको छ।

मंगलबार दिउँसो नै उनले इन्स्टाग्राममार्फत उपचारका लागि आफूले फिल्मबाट छोटो ‘ब्रेक’ लिने जानकारी दिएका थिए। उनले परिवार र साथीहरु आफूसँगै रहेको भन्दै आफ्ना समर्थकलाई दुखी नहुन भनेका थिए। साथै सबै जनाको शुभकामनाले आफू छिटै फर्कने विश्वास पनि व्यक्त गरेका थिए।

उनकी श्रीमती मान्यता र दुई बच्चा बन्दाबन्दीका कारण पाँच महीनादेखि दुबईमै रोकिएका छन्। दत्तकी पहिली श्रीमती ऋचा शर्माको क्यान्सरकै कारण मृत्यु भएको थियो।




यसमा तपाइको मत


Comments