08 Ashwin, 2077 / 24 September , 2020

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

एक महिलासहित थप दुई कोरोना संक्रमितको मृत्यु 




एक महिलासहित थप दुई कोरोना संक्रमितको मृत्यु 

काठमाडौं, ११ भदौ । ललितपुर र कास्कीमा एक महिलासहित दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा उपचाररत अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमितको एक पुरुषको मृत्यु भएको छ । ती संक्रमित भदौ ७ गते अस्पतालमा कोरोनाकै लक्षणसहित भर्ना भएका थिए । उनको पीसीआर परीक्षण गर्दा ९ गते संक्रमण देखिएको थियो । भेन्टिलेटरमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।

यसैबीच पोखरामा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा ३२ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।  अरु कुनै पनि रोग नदेखिएकी महिलाको कोरोनाका कारण मृत्यु भएको गण्डकीमा यो पहिलो पटक हो । 


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti