06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लकडाउनलाई चुनौतीको रुपमा सामना गरेर एकता समिति, सामाखुसीको रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)




लकडाउनलाई चुनौतीको रुपमा सामना गरेर एकता समिति, सामाखुसीको रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

लोक बहादुर राउत,
काठमाडौं, १२ भदौ । सामाखुसी क्षेत्रका वैदेशिक रोजगार व्यवसायीको संगठन नेपाल वैदेशिक रोजगार एकता समिति, सामाखुसी, काठमाडौंले शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरको छ ।

कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले न्यूज आजकोलाई जानकारी दिए ।

सामाखुसी टाउन प्लानिङस्थित भिजन एण्ड भ्यालू ओभरसिज प्रा.लि. र नेपोलियन हेल्थ केयर सेन्टरको सह–आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथि संघीय संसद् सदस्य एवं पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले ब्लड कलेक्सन गर्ने ब्यग समितिका सल्लाहकार एवं भिजन एण्ड भ्यालू ओभरसिजका प्रवन्ध निर्देशक पदम राज पौडेललाई हस्तान्तरण गरी रगत संकलनको शुभारम्भ गरिएको थियो ।

उक्त कार्यक्रममा म्यानपावर व्यवसायी, मेडीकल व्यवसायी, बिभिन्न संघसंस्थाका प्रतिनिधि, बिभिन्न सञ्चारमाध्यममा कार्यारत पत्रकारहरु तथा रगत दिएर जिबन बचाँउन पर्छ भन्ने व्यक्तिहरुको उपस्थित रहेको थियो ।

यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ रक्तदान सम्पन्न गरेको कार्यक्रम संयोजक हरिश कुँवरले बताए । कुवँरले भने ‘हामीले यस्तो कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको र हाल बिभिन्न सञ्चारमाध्यममा रगतको अभाव भएको सुनिएकोले गर्दा हामिले हाम्रो कार्यक्रको तय गरेका हौं । हाम्रो सानो प्रयासले कसैको जिन्दगीमा नयाँ सहास आउछ भने किन नगर्न भनी यो कार्यक्रको आयोजना गरेको हौं ।’

उक्त रक्तदान कार्यक्रममा ६२ जना रक्तदाताहरुले रगत दान गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 



Related News


यसमा तपाइको मत


Comments