12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

महेश अवस्थीको वास्तविक जीवनमा आधारित गीत ‘जिन्दगी’ (भिडियोसहित)




महेश अवस्थीको वास्तविक जीवनमा आधारित गीत ‘जिन्दगी’ (भिडियोसहित)

काठमाडौं, २१ भदौ । आफ्नो सन्तानलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक जीवनमा आधारित अत्यन्तै मार्मिक गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । गायक निशान भट्टराईको समधुर आवाज रहेको गीतमा गायिका तथा संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको छ । संगीत संयोजन महाराज थापाले गरेका छन् । बैतडीका पत्रकार अवस्थीका छोरा सिवांशको जन्मेको १४ औँ दिनदेखि कलेजोमा खराबी आइ त्रिवि शिक्षण अस्पताल काठमाडौंको १ महिनाबढी आइसियुको उपचारपछि निको नभएपछि भारतको चेन्नाइ रेफर गरिएको थियो ।
चेन्नाइको रेला अस्पतालमा भर्ना गरेपछि कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्नुपर्ने भनेपछि बुवा अवस्थीले छोरालाई कलेजो दान गरेर विभिन्न कठिनाइ पार गर्दै छोरा बचाएको समाचार निकै चर्चामा आएको थियो ।
घटनाको बारेमा थाहा पाएपछि नेपाली समाजलाई प्रेरणा दिने खालको वास्तविक घटना भएकोले गीत तयार पार्न गायिका सापकोटाले पहल तथा अगुवाइ  गरेकी हुन् । 
गायिका सापकोटा भन्छिन्,‘महेश ,गिता दम्पतीले सन्तान प्राप्तिको लागि गरेको सघंर्ष सम्झिदा निकै कहाली लाग्दो छ, सोहि वास्तविकतालाइ मैले आफैँ शब्द कोर्दै धुन भर्ने प्रयास गरेकी हुँ , समाजमा छोराछोरी प्रति धेरै विकृतिहरु सुन्न हेर्न सकिन्छ तर आफ्नो कलेजो दिएर छोरा बचाउने बाबाको प्रेरणालाइ यो गीतबाट झल्काउन खोजेकि छु । मैले यस्तो वास्तविक कथामा आधारित भावुक गीतमा पहिलो पटक छोटो समयमा शब्द, संगित गर्न सफल भएकोमा खुसी पनि छु ।’ ‘जिन्दगी’ गीतलाई अहिलेका चर्चित निर्देशक युवराज वाइबाले छायांकन गरेका छन् । निर्देशक वाइबा भन्छन्, ‘कलेजो काटेर दिने ति महान पिताको वास्तविक घटनालाई भिडियोमार्फत तपाईहरू माझ लिएका हौँ, अहिले सम्म धेरै काम गरियो तर यो हाम्रो लागि फरक काम हो, सँधैभरि पैसा मात्र पनि हेर्नुहुँदैन भन्ने हिसावले अवस्थी परिवारलाई थोरै भएपनि खुसी दिनको लागि हामी कलाकारहरूले कोरोनाको कहरको बेला विभिन्न चुनौति मोल्दै, निःशुल्क यो गीत तयार पारेका हौँ।’ भिडियोमा निर्मल नेउपाने र रेखा घिमिरेले निकै भावुक बनाउने अभिनय गरेकी छन् । ‘जिन्दगी’ युट्युबमा राखेपछि आउने रोयल्टी सिवांश अवस्थीको उपचारमा खर्च गर्ने कलाकारहरूले बताएका छन् ।
गायक भट्टराई भन्छन्, ‘हामिले ‘जिन्दगी’ गीतलाई मेहेनत गरेर सकेसम्म राम्रो बनाउने प्रयास गरेका छौँ, म आफैँ पनि स्टुडियोमा गाउँदा गाउँदै निकै भावुक भए सबै दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आशा छ ।’ उनले सिवांश उपचारमा सहयोग होस भन्ने हेतुले गीत बनाएको हुनाले सबै दर्शकहरुले हेरेर, शेयर गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


 




यसमा तपाइको मत


Comments