15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जमैका तलावाजसँग पराजित




जमैका तलावाजसँग पराजित

काठमाडौं, २२ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज पराजित भएको छ । जमैका सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको हो ।

सोमबार बिहान भएको खेलमा जितका लागि १४६ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३४ रन बनाएको थियो । 
जमैकाका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४९ रन जोडे । उनले ३६ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४९ रनको योगदान दिएका हुन् । जर्मेन ब्ल्याकवुडले २५, निकोलस किर्तोनले २५ र चाडविक वाल्टन १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । जुक्सका जावेल ग्लेन र जाहिर खानले समान तीनतीन विकेट लिए । त्यस्तै केस्रिक विलियम्सले दुई विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन जोडेको थियो । जुक्सका नाजिबउल्लाह जद्रानले ३५ रन जोडे । त्यस्तै रोस्टन चेश ३२, रहकीम कर्नवाल ३२ र मार्क डियालले १३ रन जोडे । 

जमैकाका लागि सन्दीप लामिछानेले एक विकेट लिए । मुजिब उर रहमानले दुई तथा फिडेल एडवार्ड्स, कार्लोस ब्रेथवेट र विरसामी पेरुमलले समान एक एक विकेट लिए । जमैकाले अब सेमिफाइनलमा ट्रिनबेगो नाइट राइडर्ससँग मंगलबार खेल्नेछ ।



Related News


यसमा तपाइको मत


Comments