15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौंमा भोलिदेखि व्यापार–व्यवसाय खोल्ने निर्णय, सवारी साधनमा जोर विजोर प्रणाली (जिल्ला प्रशासनको पूर्ण पाठसहित)




काठमाडौंमा भोलिदेखि व्यापार–व्यवसाय खोल्ने निर्णय, सवारी साधनमा जोर विजोर प्रणाली (जिल्ला प्रशासनको पूर्ण पाठसहित)

काठमाडौं, २४ भदौ । बिहीबारबाट काठमाडौं उपत्यकामा पसल र सवारी साधन पनि सञ्चालन हुने भएका छन् । आज बसेको बैठकबाट काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निर्णय गरेका हुन् ।

तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारबाट निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका भएका सार्वजनिक सवारी साधन जोर विजोर प्रणालीमा सञ्चालन हुने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् भने ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइने गरी आदेश जारी गरिएको छ । सार्वजनिक सवारी  साधनमा भने एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ ।


मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन  ।

व्यवसायको किसिमको आधारमा निश्चित बार  मात्र पसल सञ्चालन गर्ने गरि निषेधाज्ञाको आदेश जारी गरिएको छ । 

भदौ ४ गतेदेखि लगातार दुई हप्ता अत्यावश्यक सेवामात्र सञ्चालन गर्न दिइएको काठमाडौं उपत्यकामा भदौ १७ गतेदेखि २४ गतेसम्म भने टेक अवे, होम डेलिभरी र निर्माण सामग्रीका पसल पनि सञ्चालन गर्न दिइएको थियो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञाको आदेशको पूर्णपाठ




यसमा तपाइको मत


Comments