11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नाइट राइडर्सले जित्यो सीपीएलको उपाधि 




नाइट राइडर्सले जित्यो सीपीएलको उपाधि 

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । बिहीबारराति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले लगातार तेस्रो पटक सीपीएलको उपाधि जितेको हो । 

ब्रायन लारा स्डेडियममा पहिले ब्याटिङ गरेको लुसिया १९ ओभर एक बलमा एक सय ५४ रनमा अलआउट भयो । 

लुसियालाई मध्यम स्कोरमा रोक्न नाइट राइडर्सका कायरन पोलार्डले चार विकेट लिए । एक सय ५५ रनको लक्ष्य नाइट राइडर्सले ११ बल बाँकी छँदै मात्रै दुई विकेट गुमाएर भेट्टायो । उसका लागि लेन्डी सिमोन्सले नटआउट ८४ र डारेन ब्राभोले ५८ रन बनाए ।



Related News


यसमा तपाइको मत


Comments