08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सकियो नेकपा स्थायी कमिटी बैठक, एमसीसी परिमार्जनसहित अनुमोदन, महाधिवेशन चैत २५ गतेदेखि




सकियो नेकपा स्थायी कमिटी बैठक, एमसीसी परिमार्जनसहित अनुमोदन, महाधिवेशन चैत २५ गतेदेखि

काठमाडौं, २६ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा पेश गरिएको प्रस्ताव पारित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 
यससँगै बैठक अन्त्य भएको पनि प्रवक्ता श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराए । 

बैठकले एकतापछिको पहिलो महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको छ । आन्तरिक किचलो समाधानको लागि सचिवालयले बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन पनि स्थायी कमिटीले पारित गरेको छ । बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा भएका केही प्रावधान परिर्वतन गरेर संसदबाट अनुमोदन गर्ने पनि निर्णय गरेको छ । यसको जिम्मा सचिवालयलाई दिइएको छ ।

बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि माधव नेपाल, झलनाथ खनाल, माधव नेपाल, रघु पन्त, लिलामणि पोखरेल, भीम रावल लगायतका १३ जनाले धारणा राखेका थिए। सदस्यहरुले उठाएका सुझावलाई पनि समेट्ने गरी प्रस्तुत प्रस्तावहरुलाई पारित गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । 
शुक्रबारको बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी ओली सम्बोधन गरेका थिए। उनले प्रतिक्रियावादीले पार्टी विभाजनका लागि तयारी गरेको भए पनि बैठकले एकताबद्ध भएर जवाफ दिएको धारणा राखेका थिए।

यसअघि असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि मोडिन पुगेको थियो । विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेपछि स्थगित रहँदै आएको थियो । साउन १३ गते बहुमत (३१जना) स्थायी कमिटी सदस्य बालुवाटारमै भेला भए पनि पार्टी अध्यक्ष प्रचण्डले त्यसलाई जारी बैठकको निरन्तरता नमान्ने बताएका थिए । 

असार १० गतेबाट सुरु भएको बैठकमा १२, १३ गते कार्यसूचीमाथि छलफल भएको थियो । १६ गतेको बैठक प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्तिमाथि केन्द्रित भएको थियो भने १८ गतेको बैठक प्रधानमन्त्री ओलीले संसद् अधिवेशन हठात् अन्त्य गरिदिएपछि अन्यौलमा टुङ्गिएको थियो । 


 




यसमा तपाइको मत


Comments