16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपाली कांग्रेस टोखा १० ले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन




नेपाली कांग्रेस टोखा १० ले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन

काठमाडौं, २७ भदाै । कोरोना भाईरस, कोभिड १९ को महामारी र बिद्यमान् बिषम् परिस्थितिका बाबजुद नेपाली कांग्रेस टोखा नगरपालिका–१० को आयोजनामा भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता एवम् २०४६ को जनआन्दोलनका कमाण्डर तथा लौहपुरुष स्वर्गीय गणेशमान सिंहको २३औँ स्मृति दिवसको अवसरमा सामाखुसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बाँनियाको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेस टोखा १० का सभापति तेजप्रसाद सेढाईको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला सभापति बाँनियाले भने, ‘नेपाली कांग्रेस टोखा नगरपालिका–१० ले आज आयोजना गरेको रक्तदान कार्यक्रमबाट नेपाली कांग्रेसले पाठ सिक्नु पर्छ र यस्तो पुण्यको काम थालनी सुरुवात गरेको छ । यो पुण्य कामले पार्टीको शीर  उच्च हुन्छ । यस रगतले कयौ व्यक्तिको जिवन बचाँउन मुख्य भूमिका खेल्दछ । यस वडाले जस्तै पुण्यको काम गर्न अन्य वडालाई पनि आग्रह गर्दछु ।’

उक्त रक्तदान कार्यक्रममा ७० जनाले रगत दान गरेको नेपाल तरुणदल काठमाडौं जिल्ला सदस्य एवं प्रशिक्षण विभाग प्रमुख तथा युवा नेता दिपक थापाले जानकारी दिए ।  

व्यवसायी तथा समाजसेवी टिका शिवाकोटीले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाली कांग्रेस पूर्व क्षेत्रीय सभापति नुच्छे नारायण मानन्धर, वागमती प्रदेश सभा संसद जिवन डंगोल, चेम्बर अफ कमर्स बागमती प्रदेश अध्यक्ष कृष्णमान श्रेष्ठ, ने.का. टोखा ८ का सभापति राजाराम पुडासैनी, टोखा ११ का सभापति कोषराज सिटौला, जिल्ला सदस्य सुसन बैद्य, महाधिवेशन प्रतिनिधि इन्द्रमान मर्हजन, वडा नं. ११ का वडा अध्यक्ष उत्तम अधिकारी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष नरेन्द्रप्रसाद ढकाल, म्यानपावर व्यवसायी एवं समाजसेवी पुष्प ओलीलगायतको उपस्थित रहेको थियो ।

 

 




यसमा तपाइको मत


Comments