13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 सिन्धुपाल्चोक बाह्रविसे पहिरोः नौ जनाको शव फेला, बेपत्ताको खोजी जारी(अपडेट)




 सिन्धुपाल्चोक बाह्रविसे पहिरोः नौ जनाको शव फेला, बेपत्ताको खोजी जारी(अपडेट)


काठमाडौं, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रविसे–७ घुम्थाङमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या नौ पुगेको छ । मृत्यु हुनेमा नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ, २४ वर्षीया जुनुमाया विक,  ४० वर्षीया सर्कीनी प्रधान, १०० वर्षकी ल्याक्सी शेर्पा, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, ४२ वर्षकी ज्ञानीमाया प्रधान, ६० वर्षकी हिरामाया नेवार र धनलाल नेवार रहेका छन् ।
पहिरोमा थप २२ जना वेपत्ता भएका छन् । उनीहरुको उद्धारमा सुरक्षाकर्मी र स्थानीयहरु लागिरहेका छन्।
शनिबार राति आएको पहिरोले १२ वटा घर बगाएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको छ ।
पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका छन् । 



Related News


यसमा तपाइको मत


Comments