08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपाले मंसिरभित्र सदस्यता नवीकरण गरिसक्ने




नेकपाले मंसिरभित्र सदस्यता नवीकरण गरिसक्ने

काठमाडौं, २८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सदस्यता नवीकरण मंसिरभित्र गरिसक्ने कार्ययोजना बनाइएको छ ।
संगठन विभागको आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने गरी तीनमहिने कार्ययोजना तय गरेको छ । पार्टीमा विभागलाई पूर्णता दिनुका साथै एकताको कामलाई तकाल अघि बनाउने निर्णय समेत भएको छ ।

चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय भएपछि संगठन विभाग आफ्नो काममा लागेको हो।नेकपा तत्कालीन एमालेको ४ लाख माओवादीको ३ लाख क्रियाशिल सदस्यता भएको नेताहरुले दाबी गर्दै आएका छन्। बैठक संगठन विभाग प्रमुख वामदेव गौतम उपप्रमुख जनार्दन शर्मा सातै प्रदेशका इन्चार्ज र सदस्यहरू गरी १५ जनाजतिको सहभागिता रहेको थियो।




यसमा तपाइको मत


Comments