13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण, मृतकको संख्या २८ पुग्यो




गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण, मृतकको संख्या २८ पुग्यो

काठमाडौं, २९ भदौ । गण्डकी प्रदेशमा सोमबार बिहान थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्की १७ र बागलुङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार बाग्लुङ बडीगाड–१ र ५ का दुबैजना विदेशबाट आई क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । कास्की जिल्ला, पोखरा महानगरपालिका( ४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यरत हुन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका–३३ का २३ वर्षीय पुरुष, १४ का ३६ वर्षीय पुरुष, १७ का २७ वर्षीय पुरुष भारतबाट र ७ का ४४ वर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । पोखरा महानगरपालिका–८ का २१ वर्षीय महिला पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन् । अन्य सबै संक्रमित व्यक्ति कन्ट्राक टे«सिङबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१ पुगेको छ । 

यस्तै नवलपरासी (ब.सु.पू.) मध्यबिन्दु–१२ स्थायी ठेगाना भएका वर्ष ६० का पुरुषको लुम्बिनी अस्पताल, रुपन्देहीमा मृत्यु भएको छ्र । निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचार गराइरहेका उनको कोरोनाको संक्रमण पुष्टी भएको थियो । उनको २६ गते दिउँसो ४ः३० बजे मृत्यु भएको जानकारी अस्पताल प्रशासनबाट प्राप्त भएको निर्देशनालये जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।




यसमा तपाइको मत


Comments