12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना बीमाको लागि निजी अस्पतालको रिपोर्ट मान्य हुने 




कोरोना बीमाको लागि निजी अस्पतालको रिपोर्ट मान्य हुने 

काठमाडौं, २९ भदौ । बीमा समितिले कोरोना बीमा मापदण्ड संशोधन गर्दै निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दाबी पाइने व्यवस्था गरेको छ । 
आजदेखि लागु हुने गरी बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संशोधन गरेको हो। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेश गर्नु पर्ने मापदण्डमा उल्लेख गरेको छ।

समितिले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने जनाएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । सो निर्णयको आलोचना भएपनि समितिले मापदण्ड संशोधन गरेर निजी ल्याबबाट परीक्षण गर्दा पनि दाबी  भुक्तानी पाउने व्यवस्था गरेको हो । 

यस्तै मन्त्रालयबाट स्वीकृति पाएका अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बीमा दाबीको लागि भने आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समुहको लगानी भएका अस्पताल वा प्रयोगशाला बाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्ने व्यवस्था गरेको छ।

बीमा कम्पनीहरुलाई संक्रमितले पेश गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरेको छ। कोरोना बीमाको सबै प्रकृया पुरा गरेपछि ७ दिन भिदै दाबी भुक्तानी गर्ने समितिले जनाएको छ।




यसमा तपाइको मत


Comments