15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एभर्टनद्वारा टोटनह्याम पराजित




एभर्टनद्वारा टोटनह्याम पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले टोटनह्यामलाई १–० गोलले पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा टोटनह्यामको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा डोमिनिकले हेडमार्फत् गोल गरेका थिए । डेब्यु खेलाडी कोलम्बियन स्टार जेम्स रोड्रिग्वेज सहित मैदान उत्रिएको एभर्टनले टोटनह्यामविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।

एभर्टनले अन्य गोलको सुनौलो मौका समेत गुमायो । जितसँगै कार्लो एन्सेलोटीको टिम एभर्टनले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । एभर्टन तालिकाको पाँचौ स्थानमा रहेको छ । 



Related News


यसमा तपाइको मत


Comments