16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर २ करोड १० लाखबढी कोरोना संक्रमणमुक्त




विश्वभर २ करोड १० लाखबढी कोरोना संक्रमणमुक्त

काठमाडौं, २९ भदौ । विश्वभर २ करोड १० लाखबढी कोरोना संक्रमणमुक्त भएका छन् । वर्ल्डोमीटरका अनुसार विश्वभर २ करोड १० लाख ३३ हजार २३७ जना उपचारपछि निको भएका हुन् । 
यस्तै कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९१ लाख ९० हजार ५१४ पुगेको छ । कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख २८ हजार ३४४ पुगेको छ भने हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७२ लाख २८ हजार ९६२ जना रहेका छन् ।
 अमेरिकामा कुल संक्रमितको ६७ लाख ८ हजार ४५८ जना पुगेको छ । १ लाख ९८ हजार ५२० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ३९ लाख ७४ हजार ९४९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ३४ हजार ९८९ जना रहेका छन् ।
 भारतमा कोरोना संक्रमितको संख्या ४८ लाख ४६ हजार ४२७ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ हजार ७५४ पुगेको छ । ३७ लाख ८० हजार १०७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ८६ हजार ५६६ जना रहेका छन् ।
 ब्राजिलमा ४३ लाख ३० हजार ४५५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३१ हजार ६६३ को मृत्यु भएको छ । ३५ लाख ७३ हजार ९५८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६ लाख २४ हजार ८३४ जना रहेका छन् ।
रुसमा १० लाख ६२ हजार ८११ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १८ हजार ५७८ जनाको मृत्यु भएको छ । ८ लाख ७८ हजार २२५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ६८ हजार ८ जना रहेका छन् ।
पेरुमा ७ लाख २९ हजार ६१९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३० हजार ७१० जनाको मृत्यु भएको छ । ५ लाख ६६ हजार ७९६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ३२ हजार ११३ जना रहेका छन् ।


 



Related News


यसमा तपाइको मत


Comments