12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राष्ट्रिय झण्डा जलाउने मुख्य आरोपी पुर्पक्ष थुनामा, अन्य धरौटीम छुटे




राष्ट्रिय झण्डा जलाउने मुख्य आरोपी पुर्पक्ष थुनामा, अन्य धरौटीम छुटे

काठमाडौं, २९ भदौ । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएपछि पक्राउ परेका मध्ये मुख्य आरोपीलाई पुर्पक्ष थुनामा पठाउने आदेश दिएको छ । 

आइतबार जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङलाई थुनामा पठाउँदै तीन जनालाई प्रतिव्यक्ति १५ हजार धरौटी र पाँच जनालाई साधरण तारिखमा छाड्न आदेश दिएको हो।

भदौ १ गते झण्डा जलाएको म्युजिक भिडियो सार्वजनकि भएपछि प्रहरीले उक्त घटनामा संलग्न नौजनालाई विभिन्न स्थालनबाट पक्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार  अनुसन्धानपछि भदौ २४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। प्रहरीले उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १५१ अनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
 




यसमा तपाइको मत


Comments