13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध 




नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध 

काठमाडौं, ३० भदौ । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ चोरखोलामा साेमबार राति साढे १० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ।

पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
पहिरोको कारण सडकको दुबैतिर सवारी साधनको लाम लागेको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमै पर्ने भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
 



Related News


यसमा तपाइको मत


Comments