08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अमेरिकामा डढेलो तीव्र गतिमा फैलिँदै, ट्रम्पद्वारा प्रभावित क्षेत्रको भ्रमण




अमेरिकामा डढेलो तीव्र गतिमा फैलिँदै, ट्रम्पद्वारा प्रभावित क्षेत्रको भ्रमण

एजेन्सी । अमेरिकाको तीन वटा राज्यमा फैलिएको डढेलोले झनै तीव्र रुप लिएको छ । अगष्टको सुरुदेखि क्यालिफोर्निया, आरेगन र वासिङ्टनमा फैलिएको डढेलोका कारण ३५ जनाको ज्यान गइसकेको छ । डढेलोमा कयौं व्यक्ति बेपत्ता छन् । डढेलोले दुई लाख हेक्टर क्षेत्रफल ध्वस्त बनाएको छ । सयौं भौतिक संरचना जलेर खरानी भएका छन् भने लाखौं जीवजन्तु मरेका छन् ।

अझै पनि डढेलो नियन्त्रणमा आएको छैन, तीन राज्यमा ३० वटा ठूला डढेलो सक्रिय रहेकाले लाखौं व्यक्तिलाई घर छाड्न प्रशासनले उर्दी जारी गरेको छ । डढेलोका कारण अमेरिकाको जलवायुमै परिवर्तन आउन सक्ने वातावरणविद्ले चेतावनी दिएका छन्, डढेलोकै कारण केही ठाउँको तापक्रम ४८ डिग्रीभन्दा माथि पुगेको बीबीसीले जनाएको छ । 

यसैबीच ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमण गरेका छन । क्यालिफोर्निया, ओरेगन र वाशिङ्गटन राज्यमा डढेलोबाट बीस लाख हेक्टर क्षेत्रमा क्षति पुगेपछि ट्रम्प सो क्षेत्रको भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा ट्रम्पले जलवायु परिवर्तन भन्दा पनि वनको कमजोर व्यवस्थापनका कारण आगलागीका घटना भएको दावी गरे । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले जलवायु परिवर्तनविरुद्ध उत्रिने व्यक्तिको संज्ञा दिए लगत्तै ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना भइरहेको छ । 
 



Related News


यसमा तपाइको मत


Comments