14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तर्विरोधपूर्ण विवाद नगर्ने वाचा गर्दै ओली प्रचण्डले पठाए १९ पाने निर्देशन (पूर्णपाठसहित)




अन्तर्विरोधपूर्ण विवाद नगर्ने वाचा गर्दै ओली प्रचण्डले पठाए १९ पाने निर्देशन (पूर्णपाठसहित)


काठमाडौं, ३० भदौ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्विरोधपूर्ण विवाद नगर्ने वाचा गरेका छन् । स्थायी कमिटी बैठकको निर्णय जारी गर्दै अध्यक्षद्वय ओली प्रचण्डले स्थायी कमिटीको पाँचौं बैठकलाई समाधानको विन्दु मानेर विवादमा नफर्कने वाचा गरेका हुन् । 

“पार्टीभित्र देखापरेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तर्विरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने,” अध्यक्षद्वयले नै हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ ।
अध्यक्षद्वयले नेताहरूलाई सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न निर्देशन दिएका छन् । आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्न परिपत्र गरेका छन् । 

यसैगरी गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन दिए, अनेकता, अराजकता, अनुशासनहीनता र गुटबन्दीपूर्ण कार्य गरे अनुशासनात्मक कारबाहीको विषय बनाउने र पार्टी विधानबमोजिम कारवाही गर्ने निर्देशनमा उल्लेख छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् 




यसमा तपाइको मत


Comments