13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९४ लाख नाघ्यो,  ९ लाख ३२ हजार बढीको मृत्यु(अपडेट)




विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९४ लाख नाघ्यो,  ९ लाख ३२ हजार बढीको मृत्यु(अपडेट)

काठमाडौं, ३० भदौ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९४ लाख ५५ हजार ९४२ पुगेको छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ३२ हजार ९६४ पुगेको छ ।विश्वभर २ करोड १२ लाख ८७ हजार ०४ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७२ लाख ३५ हजार ९७४ जना रहेका छन् । 
अमेरिकामा कुल संक्रमितको ६७ लाख ४९ हजार २८९ जना पुगेको छ । १ लाख ९९ हजार जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४० लाख २७ हजार ८२६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख २२ हजार ४६३ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ४९ लाख ३० हजार २३६ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८० हजार ८०८ पुगेको छ । ३८ लाख ५९ हजार ३९९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ९० हजार २९ जना रहेका छन् । ब्राजिलमा ४३ लाख ४९ हजार ५४४ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३२ हजार ११७ को मृत्यु भएको छ । ३६ लाख १३ हजार १८४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६ लाख ४ हजार २४३ जना रहेका छन् ।
रुसमा १० लाख ७३ हजार ८४९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १८ हजार ७८५ जनाको मृत्यु भएको छ । ८ लाख ८४ हजार ३०५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७० हजार ७५९ जना रहेका छन् । पेरुमा ७ लाख ३३ हजार ८६० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३० हजार ८१२ जनाको मृत्यु भएको छ । ५ लाख ७३ हजार ३६४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख २९ हजार ६८४ जना रहेका छन् ।


 



Related News


यसमा तपाइको मत


Comments