13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 क्रिकेटर भण्डारीको उपचारमा सहयोग गर्न अपील




 क्रिकेटर भण्डारीको उपचारमा सहयोग गर्न अपील

काठमाडौं, ३० भदौ ।  क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले मोटरसाइकल दुर्घटनामा घाइते क्रिकेटर ललित भण्डारीको उपचारमा सहयोग गर्न अपील गरेको छ । 
सीप्यानले मंगलबार एक प्रेस वक्तव्य निकाल्दै सहयोगको अपील गरेको हो । 
आइतबार राति कञ्चनपुरमा ट्रकसँग ठोकिएपछि गम्भिर घाइते भएका ललितको हाल काठमाडौंका ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । नेपालगञ्जबाट हेलिकप्टरमा उनलाई उपचारका लागि ग्राण्डी अस्पताल ल्याइएको थियो । उनको अवस्था सामान्य हुँदै गएको तर मल्टिफल फ्याक्चर भएर शल्यक्रिया गर्नुपर्ने अवस्था छ । हाल उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ। ।

सिप्यानले उनको उपचारमा सहयोग गर्ने सबै इच्छुक महानभावलाई संघको बैंक खातामा रकम जम्मा गर्न सकिने बताएको छ । यस्तै सहयोग गर्न चाहनेहरुले सेन्चुरी कर्मसियल बैंक पुतलीसडकको खाता नम्बर ०० १ ००० २५ २९ सीएमा रकम जम्मा गर्न पनि सीप्यानले अनुरोध गरेको छ ।

 

 



Related News


यसमा तपाइको मत


Comments